कार्यालय भवन
सूचना अधिकारी
पानी परिक्षण प्रयाेगशाला

INTRODUCTION

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको परिचय तथा वर्तमान अवस्था साबिकमा पानि खानको लागी हेटौडा १ स्वर्गलोकमा स्थानीय ब्यक्तिहरुले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानिबाट खानेपानीको निर्बाह चलाएका थिए । पछि बस्ति बिस्तार भए संगै हेटौडा २ त्रिभुवन पथको हाल तिरतिर धाराबाट पाईपको माध्यमबाट पानीको ब्यवस्थापन गरिएको थियो । हेटांैडा बजारीकरण तर्फ लम्कदै थियो । बसोबास बढे संगै बिस्तारै घरहरु बढदै गयो र मानिसहरुको आवश्याकता पनि बढदै गयो । हेटौडा खानेपानी बिभाग बाट २०२४ सालमा हेटौडा २ हरीकुन्जमा ५ लाख ४६ हजार लिटर क्षमताको टंकी निर्माण गरी तत्कालिन भैसे गाँउ पन्चायत वडा नं. ७ बुंगदोल ६ किलोमिटर टाढा बाट ८ ईन्च सि.आई. पाईपको माध्यम बाट पानी ल्याएर हेटैडा बासिहरुलाई पानी खुवाउने कार्यको सुरुवात गरिएको थियो । २०४० साल सम्म करीब १३०० धारा जडान गरी खानेपानि बिभाग बाट दिईदै आएको सेबाको ब्यवस्थापन परिबर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको ब्यवस्थापन हुन गयो । २०४३ सालमा हरीकुन्जमा ५ लाख लिटर क्षमताको टंकी निर्माण, कार्यालय भवन , र हेटौडा ४ कर्रामा २ वटा वेल निर्माण भएको थियो । २०४६ सालमा यसको नाम परबिर्तन गरी नेपाल खानेपानी संस्थान राखि आम हेटौडाका उपभोक्ताहरुलाई खानेपानिको सेवा दिईदै आएको थियो ।
Read More
Featured:
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सूचना

खानेपानीकाे वक्यौता महशुल बुझाउन बाँकी रहेका उपभोक्ताहरुको धाराको लाइन बन्द गरी आउन कर्मचारीहरु खटाई सकेको हुँदा समयमानै महशुल भुक्तानी गरी धारा बन्द हुन बाट सुरक्षीत ... Read More


Contact Us

Hetauda Water Supply Management Board
Hetauda
Hetauda, Nepal
+977-057-523708, 057-520499,057-520313
info@hwsmboard.org.np, hwsmboard@gmail.com
© 2021 Hetauda Water Supply Management Board