हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको परिचय तथा वर्तमान अवस्था

0
1086

साबिकमा पानि खानको लागी हेटौडा १ स्वर्गलोकमा स्थानीय ब्यक्तिहरुले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानिबाट खानेपानीको निर्बाह चलाएका थिए । पछि बस्ति बिस्तार भए संगै हेटौडा २ त्रिभुवन पथको हाल तिरतिर धाराबाट पाईपको माध्यमबाट पानीको ब्यवस्थापन गरिएको थियो ।


हेटौडा बजारीकरण तर्फ लम्कदै थियो । बसोबास बढे संगै बिस्तारै घरहरु बढदै गयो र मानिसहरुको आवश्याकता पनि बढदै गयो । हेटौडा खानेपानी बिभाग बाट २०२४ सालमा हेटौडा २ हरीकुन्जमा ५ लाख ४६ हजार लिटर क्षमताको टंकी निर्माण गरी तत्कालिन भैसे गाँउ पन्चायत वडा नं. ७ बुंगदोल ६ किलोमिटर टाढा बाट ८ ईन्च सि.आई. पाईपको माध्यम बाट पानी ल्याएर हेटैडा बासिहरुलाई पानी खुवाउने कार्यको सुरुवात गरिएको थियो । २०४० साल सम्म करीब १३०० धारा जडान गरी खानेपानि बिभाग बाट दिईदै आएको सेबाको ब्यवस्थापन परिबर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको ब्यवस्थापन हुन गयो । २०४३ सालमा हरीकुन्जमा ५ लाख लिटर क्षमताको टंकी निर्माण, कार्यालय भवन , र हेटौडा ४ कर्रामा २ वटा वेल निर्माण भएको थियो । २०४६ सालमा यसको नाम परबिर्तन गरी नेपाल खानेपानी संस्थान राखि आम हेटौडाका उपभोक्ताहरुलाई खानेपानिको सेवा दिईदै आएको थियो । सेवा क्षेत्र बिस्तार गर्ने क्रममा २०५० सालमा हेटौडा ८ कमाने र २०५८ सालमा हेटौडा ९ लामसुरेका बासिन्दाहरुले संचालन गरेको खानेपनी सेवा प्रणाली यस संस्थानमा हस्तान्तरण भई सेवा सूचारु गरियो । जनसंख्या बृद्दि, क्षेत्र बिस्तार, बसाई सराई आदी बाट खानेपानीको मागमा अत्यधिक बृद्दि हँुदै जाँदा सोहि अनुरुप नेपाल खानेपानि संस्थानबाट उपभोक्ताहरुको माग अनुसार खानेपानि उत्पादन र बितरण हुन नसकी पानीको समस्या दिनानु दिन बढदै जान थाल्यो । यस विषयलाई मध्यनजर गर्दै हेटौडा नगरपालिकाबाट खानेपानिको समस्या समाधानको लागी तत्काल एसियाली बिकास बैंकको ऋण तथा अनुदान सहयोगमा रु १९ करोड १४ लाख ७४ हजार बराबरको आयोजना सम्पन्न भयोे ।


यसका साथै खानेपानि ब्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौडा खानेपानि ब्यावस्थापन बोर्डको गठन भयो । सो गठित बोर्डले २०६४ साल देखि नै आफ्नो कृयाकलाप अगाडि बढाउदै गएको अवस्था थियो । यसै क्रममा नेपाल सरकारको निर्णय बमोजिम नेपाल खानेपानी संस्थान हेटौंडा शाखा बिधिवत रुपमा २०७० जेष्ठ ८ गतेका दिन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिन देखि बोर्डले विधिवत रुपमा हेटौंडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली संचालन गरेको थियो । साविकको कार्यालयबाट नै बोर्डको दैनिक कार्य तथा सेवा संचालन भएको अवस्था रहको छ ।

बोर्डका हालका पदाधिकारीहरुः

  • अध्यक्ष, स्थानिय उपभोक्ता समिति, श्री प्रताप बिष्ट
  • सदस्य, हेटौंडा उपमहानगरपालिका नगर प्रमुख, श्री हरिबहादुर महत
  • सदस्य, खानेपानी तथा सरसफाई मन्त्रालय, श्री बाल मुकुन्द श्रेष्ठ
  • सदस्य, मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष, श्री कृष्ण कटुवाल
  • सदस्य, खानेपानी विज्ञ, श्री कृष्ण प्रसाद धिताल
  • सदस्य, गैर सरकारी संस्था प्रतिनिधि, श्री इन्द्र नेपाल
  • सदस्य सचिव, कार्याकारी निर्देशक हे.खा.पा.व्य.बोर्ड, श्री सुदर्शन ढकाल

हालको खानेपानी ब्यवस्थापन बोर्डको अवस्थाः
नेपाल खानेपानी संस्थान बाट ८५३७ धारा मार्फत ६९ लाख लिटर पानी प्रति दिन उत्पादन वितरण कार्य गर्दे आइरहेकोमा हाल यस बोर्ड बाट ५३ लाख लिटर पानी थप गरी हाल बोर्डले प्रति दिन १ करोड २२ लाख लिटर पानी उत्पादन वितरण कार्य गर्दे आइ रहेको छ । नेपाल अधिराज्यभर मा खानेपानी सेवा प्रदायक संस्थाहरु मध्ये यस बोर्डले सबै भन्दा सस्तो न्युन्तम महशुल दर रेट १० हजार लिटर बरारबर रु ८५ र त्यस पछि प्रति हजार लिटरको रु २५ थप शुल्कमा पानी वितरण कार्य गर्दे आइरहेको छ । बोर्डबाट व्यवस्थापन लिए पछि १० वटा डिप ट्यूववेल र २ वटा सम्मवेल निर्माण कार्य सम्पन्न गरी पानी उत्पादन गरि दैनिक सरदर ६ देखी ७ घण्टा सम्म पानी वितरण भईरहेको छ । खानेपानी सम्बन्धि समस्यालाई लिएर कतैबाट जन गुनासो आएको देखिदैन । बोर्डले पानी महशुल संकलन समय बृद्धिगरी कार्यालय बन्द हुने समय भन्दा १ घण्टा अगाडी सम्म रकम बुझिलिने र शनिबार विदाको दिनमा दिनमा पनि बिहान ०७ बजे देखि ११ बजेसम्म महशुल बुझने र सार्वजनिक विदाको दिनमा पनि मेन तथा शाखा पाइपलाइन आलोपालो गरी मर्मत कार्य भईरहेको छ ।


सेवा प्रवाह हुने क्षेत्र ः वडा नं १ देखी १० र वडा नं. १४ देखी १७ को केही केही भाग (२१ वर्ग किलोमिटर)
सतहगत पानीको श्रोत ः २ वटा (बुङ्गदल, चुच्चे खोला मुहान)
भुमिगत पानीको स्रोत ः १९ वटा (सामरी २, हुप्राचौर २, कर्रा २, कमाने ३, कुखरेनी २, चौकिटोल २, न्युरेनी, टि.सि.एन, गौरिटार, पिप्ले, मयूरधाप, गर्दोइ)
दैनिक पानी माग ः १ करोड ४५ लाख लिटर
दैनिक पानी उत्पादन सरदर ः १ करोड २२ लाख लिटर
नपुग पानी ः २३ लाख लिटर (सेवा दिई रहेको क्षेत्रमा)

खानेपानी धारा संख्या : १३३३६
भण्डारण क्षमता : ३३.५ लाख लिटर
पाइप लाईन : २२५.१३९ कि.मि. विभिन्न साइजको

कर्मचारी संख्या : ५४ जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here