साविकमा खानेपानीको लागि हेटौंडा वडा नं. १ स्वर्गलोकमा स्थानीय ब्यक्तिहरुले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि बस्ति बिस्तार भए संगै हेटौंडा २ त्रिभुवनराज पथको हाल तिरतिर धाराबाट पाईपको माध्यमबाट पानीको ब्यवस्थापन गरिएको थियो ।
हेटौडा बजारीकरण तर्फ लम्कदै थियो । बसोबास बढे संगै बिस्तारै घरहरु बढदै गयो र मानिसहरुको आवश्याकता पनि बढदै गयो । हेटौडा खानेपानी बिभाग बाट २०२४ सालमा हेटौडा २ हरीकुन्जमा ५ लाख ४६ हजार लिटर क्षमताको टंकी निर्माण गरी तत्कालिन भैसे गाँउ पन्चायत वडा नं. ७ बुङ्गदोल देखि ६ किलोमिटर टाढाबाट ८ ईन्च व्यासको सि.आई. पाईपको माध्यमबाट पानी ल्याएर हेटौंडा बासिहरुलाई पानी खुवाउने कार्यको सुरुवात गरिएको थियो । २०४० साल सम्म करीब १३०० धारा जडान गरी खानेपानी बिभागबाट दिईदै आएको सेबाको ब्यवस्थापन परिबर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको ब्यवस्थापन हुन गयो । २०४३ सालमा हरीकुन्जमा ५ लाख लिटर क्षमताको टंकी निर्माण, कार्यालय भवन र हेटौंडा ४ कर्रामा २ वटा डिपट्यूवेल निर्माण भएको थियो । २०४६ सालमा यसको नाम परबिर्तन गरी नेपाल खानेपानी संस्थान राखि आम हेटौंडाका उपभोक्ताहरुलाई खानेपानीको सेवा दिईदै आएको थियो । सेवा क्षेत्र बिस्तार गर्ने क्रममा २०५० सालमा हेटौंडा ८ कमाने र २०५८ सालमा हेटौंडा ९ लामसुरेका बासिन्दाहरुले संचालन गरेको खानेपानी सेवा प्रणाली यस संस्थानमा हस्तान्तरण भई सेवा सूचारु गरियो । जनसंख्या बृद्दि, क्षेत्र बिस्तार, बसाई सराई आदीबाट खानेपानीको मागमा अत्यधिक बृद्दि हुँदै जाँदा सोहि अनुरुप नेपाल खानेपानी संस्थानबाट उपभोक्ताहरुको माग अनुसार खानेपानी उत्पादन र वितरण हुन नसकी पानीको समस्या दिनानु दिन बढ्दै जान थाल्यो । यस विषयलाई मध्यनजर गर्दै हेटौडा नगरपालिकाबाट खानेपानीको समस्या समाधानको लागी तत्काल एसियाली बिकास बैंक संगको सहकार्यमा UEIP परियाेजना अन्तर्गत रु १९ करोड १४ लाख ७४ हजार बराबरको खानेपानीकाे आयोजना निर्माण कार्य सम्पन्न भयोे ।
यसका साथै खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डको गठन भयो । सो गठित बोर्डले २०६४ साल देखि नै आफ्नो कृयाकलाप अगाडि बढाउदै गएको अवस्था थियो । यसै क्रममा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल खानेपानी संस्थान हेटौंडा शाखा बिधिवत रुपमा २०७० साल जेष्ठ ८ गतेका दिन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिन देखि बोर्डले विधिवत रुपमा हेटौंडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली संचालन गरेको थियो । साविकको कार्यालयबाट नै बोर्डको दैनिक कार्य तथा सेवा संचादै आईरहेकाे छ ।
बोर्डका हालका पदाधिकारीहरुः
- अध्यक्ष, स्थानिय उपभोक्ता संघ, श्री प्रताप बिष्ट
- सदस्य, हेटौंडा उपमहानगरपालिका, नगर प्रमुख, श्री मीना कुमारी लामा
- सदस्य, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवन, प्रमुख, श्री शेखर चन्द्र के.सि.
- सदस्य, मकवानपुर उद्योग बाणिज्य संघ, अध्यक्ष, श्री प्रमाेद सिं रानाभाट
- सदस्य, विज्ञ खानेपानी तथा सरसफाई क्षेत्र, डा. कृष्ण प्रसाद धिताल
- सदस्य, प्रतिनिधी, गैर सरकारी संस्था , श्री इन्द्रप्रसाद नेपाल
- सदस्य सचिव, कार्यकारी निर्देशक हे.खा.पा.व्य.बोर्ड, श्री बिष्णु प्रसाद सापकोटा
हालको खानेपानी ब्यवस्थापन बोर्डको अवस्थाः
नेपाल खानेपानी संस्थानबाट ८५३७ धारा मार्फत ६९ लाख लिटर पानी प्रति दिन उत्पादन वितरण कार्य गर्दे आइरहेकोमा हाल यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्दे आइरहेकोमा हाल वडा नंं १ देखि १९ मध्ये वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पुरै भु—भाग, वडा नंं १, ३ र १७ को केही भु—भाग र वडा नंं. १५, १६, १८ र १९ को ७०% प्रतिशत भु—भागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीहरुलाई दैनिक सरदर ७ देखि ८ घण्टा ३ करोड ५७ लाख लिटर खानेपानी उत्पादन गरी २७ हजार ७ सय २१ वटा धाराहरु मार्फत वितरण गर्दै आइरहेकोमा हेटौंडाको मुख्य नगरक्षेत्रभित्र भने बोर्ड २४ सैं घण्टा पानी वितरण गर्न सफल भएको छ । नगर क्षेत्रको वडा नं. ११, १२ र १३ मा भने उपभोक्ता समितिहरुबाट खानेपानीको सेवा प्रवाह हुँदै आइरहेको छ ।
हेटौंडा नगरपालिकाबाट उपमहानगरपालिकामा रुपान्तरण हुने क्रममा पूर्व गा.वि.स.हरुबाट उपमहानगरमा समावेश भएका ग्रामिण वडाहरु अन्तर्गत वडा नं. १४, १५, १६, १७, १८ र १९ गरी ६ वटा वडाहरुबाट संकलित पानी महशुलबाट त्यस क्षेत्रको संचालन खर्च समेत धान्न मुस्किल रहेको छ । संकलित महशुलको ७५-८०% रकम विद्युत महशुलमा भुक्तानी हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट सामुदायिक खानेपानीको विद्युत महशुलमा सहुलियत दिदै आएतापनि बोर्ड अन्तर्गत संचालित आयोजनाहरुमा भने हालसम्म सहुलियत प्रदान गरेको छैन ।
नगर क्षेत्र भित्र वडा नं. १ देखि १९ सम्ममा बसोबास गर्ने नगरवासिहरुलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै महशुलमा खानेपानी उपलब्ध गराउनु हेटौडा खानेपानी व्यवस्थापन बोर्डको एक मात्र उद्देश्य रहेको छ । बोर्ड संचालनमा आए देखि हालसम्म बोर्डमा १६ वटा उपभोक्ता समितिहरु हस्तान्तरण तथा सेवा क्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा बृद्धि भएको छ । खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिका, बाग्मती प्रदेश सरकार र संघीय सरकारसंग सहकार्य गरी सेवागत क्षेत्रहरुमा सुधार गर्दै नयाँ क्षेत्रहरुमा नयाँ आयोजनाहरुको थालनि गर्दै अघि बढीरहेको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट संचालित खानेपानी प्रणालीको आ.व. २०८१/०८२ को संक्षिप्त रुपरेखा :
सेवा क्षेत्र— हे.उ.म.न.पा. वडा नंं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पुरै र वडा नं. १, ३, ११, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्र ।
प्रतिदिन पानीेको माग — ३ करोड ९० लाख लिटर (सेवा दिइरहेको क्षेत्रमा)
प्रति दिन पानीको वितरण — दैनिक सरदर ३ करोड ७० लाख लिटर (८ देखि ९ घण्टा २०८२ साल असार मसान्त सम्म)
हालको धारा संख्या — २८६३८ (२०८२ साल असार मसान्त सम्म)
चुहावट, बिलिङ्गमा गणना नहुने पानी — सरदर करिब १९.५०% (मिटर बन्द, अन मिटर, पाइप लिक, चोरी आदी)
कार्यरत कर्मचारी संख्या — ७९ जना
नयाँ धारा वितरण संख्या — ९३९
हस्तान्तरण भई आएको धारा संख्या —०
पुरानो धारामा मिटर जडान संख्या — ६७२
मिटर बन्द ओस भएको संख्या — २२४
मिटर मर्मत संख्या — २१०
मिटर वरपर सार्ने — १९६२
मेन लाइन लिकेज मर्मत संख्या — १०९९
होलचेन्ज संख्या — ५१
धारा नामसारी संख्या — १३९ वटा
क्लोरिङ्ग परिक्षण संख्या — ३१२
मासिक सरदर विलिङ्ग युनिट — ६२२३२५ (प्रति हजारमा)
मासिक सरदर बिलिङ्ग रकम — रु. १,२१,९०,९८६।००
मासिक सरदर प्रति युनिट उत्पादन लागत — रु. १३।७२
मासिक सरदर प्रति युनिट बिक्री लागत — रु. १९।५८
मासिक सरदर प्रति धारा बिलिङ्ग रकम — रु. ४३३।००
मासिक सरदर प्रति धाराबाट प्राप्त पानी महशुल रकम — रु. ४१६।११
पुरानो जिर्ण पाइप परिवर्तन — १,१७३ मिटर (विभिन्न साइजको)
शाखा पाइप लाइन विस्तार — १९,९१४ मिटर (विभिन्न साइजको)
सेवा क्षेत्र बाहिर उपलब्ध गराएको पाइप — १०,९९२ मिटर (विभिन्न साइजको)
सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको पाइप — ४,१२२ मिटर (विभिन्न साइजको)
बर्तमान खानेपानी प्रणाली अन्तर्गत रहेका मुख्य संरचनाहरु :
पानीको स्रोत — सतहगत १ वटा (बुङ्गदोल)
— भुमिगत डिप ट्यूववेल ३९ वटा (हुप्राचौर २ वटा, कर्रा २ वटा, गौरीटार २ वटा, चौकिटोल ३ वटा, टि.सि.एन ३ वटा, नागस्वती ४ वटा, हर्नामाडी ४ वटा, कमाने ५ वटा, . नयाँबस्ती, गर्दोइ, राईटोल, बनेलधाप, हटिया, कल्याणटार, मयुरधाप, मिलन टोल, कुखरेनी, चित्रेपानी, शिखरपानी, टसिलिङ्ग, राजदेवी, काउलेपानी) ।
— समवेल १८ वटा (सामरी ५ वटा, कुखरेनी २ वटा, शक्ति २ वटा, सिमलटार २ वटा, नयाँबस्ती, मयुरधाप, बस्तीपुर, शिखरपानी, मैदाटोल, र्भोले, मैनाटार )
पानी भण्डारन क्षमता — ८८८२ घ.मि.
पानी प्रशोधन केन्द्र — हरिकुञ्ज र गौरीटारमा गरि २ वटा प्रेशर फिल्टर
अन्य प्रशोधन — क्लोरिन र आलम पानीको धमिलोपनालाई हेरी नियमित हाल्ने गरिएको ।
मेन तथा शाखा पाईपलाईन — करिब ६२९ कि.मि.।


