सामरीमा सम्वेल उद्घाटन्, हेटौंडामा दैनिक २७ लाख लिटर पानी थपीयो

0
1659

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको सामरीमा आज सम्वेलको उद्घाटन् गरिएको छ । खानेपानी व्यावस्थापन बोर्डले निर्माण गरेको सम्वेलको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नु भयो । यस सम्वेल निर्माण भएसंगै आजबाट हेटौंडामा दैनिक २७ लाख लिटर पानी थपीएको छ । अब हेटौंडाको मुख्य बजार क्षेत्रका नागरिकलाई पानीको समस्या नहुने भएको छ ।

उपमहानगर र खानेपानी बोर्डको सक्रियताका कारण हेटौंडामा खानेपानीको समस्या नभएको मेयर महतले वताउनुभयो । हेटौंडाका १९ वटै वडामा र बजार क्षेत्रमा पर्याप्त रुपमा पानी खुवाउनका लागि उपमहानगरपालिका र बोर्डको सहकार्यमा धेरै क्षेत्रमा काम भएको उहाँले वताउनुभयो । पानीको अभाब भएका क्षेत्रमा पनि तत्काल पानी खुवाउने वातावरण तयार गर्न आफु लागिपरेको मेयर महतले वताउनुभयो ।

पहिले हेटौंडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भएपनि अहिले भने दिनमा तीन पटक पानी वितरण गर्न सुरु गरिएको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ठले वताउनुभयो । आज थपीएसंगै हेटौंडामा दैनिक एक करोड ५० लाख लिटर पानी वितरण भइरहेको छ । कुल एक करोड २५ लाख रुपैयाँमा सम्वेल निर्माण गरिएको हो ।

कार्यक्रममा मध्य पृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, खानेपानी बोर्डका सदस्य इन्द्र नेपाल, खानेपानी बोर्डका निमित्त प्रमुख सुदर्शन ढकाल लगायतकाको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here